नेभिगेशन
प्रदेश

लालपूर्जा दिलाउने प्रलोभन देखाई पैसा असुलेको आरोप

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष भुवन रिजालमाथि स्थानीय नागरिकबाट लालपूर्जा दिलाउने प्रलोभन देखाएर रकम असुलेको आरोप लागेका छन् । पीडितहरूले वडाध्यक्षले भूमिहीन नागरिकहरूलाई जग्गाको लालपूर्जा उपलब्ध गराइदिने भन्दै रकम असुलेको बताएका छन् । 

वडा नम्बर १८ का कृष्णबहादुर बिकले आफूबाट दुई लाख रुपैयाँ लिएको र लालपूर्जा नदिएको आरोप लगाएका छन् । उनले बताए अनुसार, उनी २०४२ सालदेखि आफ्ना बुवाको पालाबाट भोगचलन गर्दै आएका ऐलानी जग्गाको सेतो पूर्जा बनाउने काममा सहयोगका लागि वडाध्यक्षसँग सम्पर्क गरेका थिए । १२ कठ्ठा जमिन भूमि आयोगले नापजाँच गरिसकेको भए पनि लालपूर्जा आउन सकेन । पछि वडाध्यक्षले ‘माथि मिलाएर अगाडि बढाउन तीन लाख रुपैयाँ लाग्छ’ भन्दै दुई लाख रुपैयाँ मागेका थिए ।

त्यस्तै, प्रेमकहादुर सार्कीले आफ्नो नामको सेतो पूर्जा भएको जग्गा पनि अर्कै व्यक्तिलाई सिफारिस गर्न पैसा लिएको आरोप लगाएका छन् । पीडितहरूले वडाध्यक्षसँग उठाइएको रकम नेकपा एमालेका माथिल्ला नेताहरूसम्म पुगेको बताए । तर, नेकपा एमालेका पोलिटब्युरो सदस्य नारद मुनि रानाले उक्त कुरा अस्वीकार गरेका छन् ।

वडाध्यक्ष रिजालले आफूमाथि पार्टीभित्र र बाहिरबाट चरित्र हत्या गर्ने प्रयास भइरहेको दाबी गर्दै, केही सोझा नागरिकहरूलाई उचालेर आरोप लगाइएको बताए । उनका अनुसार, पैसा फिर्ता नगर्ने होइन, विवाद बाहिर आएपछि प्रक्रिया पछि पूरा गरिने बताए ।

पीडितहरूले भने अहिले पनि पैसा फिर्ता नपाएको र लालपूर्जा बनाइदिन दबाब दिएका छन् । उनीहरूले जनाएका छन् कि जेनजी आन्दोलनका क्रममा भूमि आयोगमा आगजनी भएपछि लालपूर्जा नपाउने सोचले अहिले वडाध्यक्षलाई पैसा दिए पनि फिर्ता मागिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला