नेभिगेशन
प्रदेश

शंकास्पद वस्तु सेनाले निष्क्रिय पार्‍याे

वीरगंज । वीरगंज महानगरपालिका–१ छपकैयामा बुधबार साँझ फेला परेको शंकास्पद सुटकेसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ ।

स्थानीयले सडक छेउमा लामो समयदेखि एउटा खैरो रंगको सुटकेस वेवारिसे अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगंज महानगर प्रहरी टोलीले सो क्षेत्रमा सुरक्षा घेरा बनाई अनुसन्धान सुरु गरेको थियो ।

पछि वीरगंजस्थित श्री जनगण बटालियनबाट ७ जनाको नेपाली सेना बम डिस्पोजल टोली पुगेर उक्त शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएको थियो । सेनाले निर्धारित सुरक्षा मापदण्डअनुसार वस्तुलाई निष्क्रिय पारेपछि सानो विस्फोटको आवाज आएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भरत दाहालले घटनास्थलको निरीक्षणपछि सुटकेसभित्र बम नभई बोरामा बेरिएको प्लास्टिक मात्र फेला परेको बताए । उनका अनुसार, ‘हामीले जानकारी पाएका बित्तिकै सुरक्षा टोली खटायौँ । प्रारम्भिक जाँचपछि बमको कुनै अंश भेटिएन । नेपाली सेनाले सम्भावित जोखिम हटाउन आफ्नो विधिअनुसार वस्तुलाई निष्क्रिय पार्दा सानो विस्फोट भएको हो, तर त्यो बम होइन ।’

दाहालका अनुसार विस्फोटको क्रममा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको छैन । 

घटनापछि वीरगंज र आसपासका नाकामा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले सर्वसाधारणलाई अफवाहमा नफस्न र शंकास्पद वस्तु देखिए तुरुन्तै प्रहरीलाई खबर गर्न अपिल गरको छ । पर्सा प्रहरीका प्रवक्ता डीएसपी सन्तोष पन्तले भने, ‘हामी नागरिकको सुरक्षाका लागि चौबिसै घण्टा खटिरहेका छौं । घटनाको सूक्ष्म अनुसन्धान भइरहेको छ ।’

यो घटनाभन्दा केही दिनअघि मात्रै छिमेकी मुलुकहरूमा बम विस्फोटका श्रृंखलाले क्षेत्रीय सुरक्षाबारे चिन्ता बढाएको छ । सुरक्षा निकायले सर्वसाधारणलाई सतर्क रहन, शंकास्पद वस्तु देखिए तुरुन्तै प्रहरी वा प्रशासनलाई जानकारी दिन र अफवाहमा नफस्न आग्रह गरेको छ । पर्साका सिडिओ दाहालले भने, ‘हाल वीरगंजमा कुनै सुरक्षाजन्य खतरा छैन । तर पछिल्ला अन्तर्राष्ट्रिय घटनालाई ध्यानमा राख्दै सतर्कता अपनाइरहेका छौं ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला