नेभिगेशन
अर्थतन्त्र

अब भारु २५ हजारसम्म बोक्न पाइने

काठमाडौं । सरकारले भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने व्यवस्था गरेको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबारको मन्त्रिपरिषद्बाट सो निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्