नेभिगेशन
प्रदेश

बीपी उद्यानको बजार हटाएकामा व्यापारी आक्रोशित

वीरगञ्ज । वीरगञ्जको घण्टाघर नजिकै बिपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा वर्षौदेखि सञ्चालनमा रहेको बजार महानगरपालिकाले खाली गराएपछि तरकारी व्यापारीहरू आक्रोशित बनेका छन् ।

वीरगञ्जको घण्टाघर नजिकै बीपी उद्यानको जग्गामा अव्यवस्थित रुपमा वर्षौदेखि सञ्चालनमा रहेको बजार वीरगञ्ज महानगरपालिकाले खाली गराएपछि तरकारी व्यापारीहरू आक्रोशित बनेका छन् । महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा एकाबिहानै नगर प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा डोजर प्रयोग गरी खाली गराएसँगै व्यापार बन्द गरि व्यापारीहरू विरोधमा उत्रिएका हुन् ।

सार्वजनिक स्थलको संरक्षण, ट्राफिक व्यवस्थापन र शहरलाई व्यवस्थित बनाउने उद्देश्यसहित वीरगञ्ज महानगरपालिकाले चलाएको कदमलाई वर्षौदेखि तरकारी तथा फलफूल व्यवसाय गर्दै आएका स्थानीय व्यवसायीहरू विस्थापित भएका छन् । तरकारी बजार व्यवस्थित गर्न महानगरपालिकाले व्यवस्थित बजार निर्माण गरेर सञ्चालनको लागि ठेक्कामा दिइसकेको छ । छपकैयास्थित रेल्वे रोड छेउमै नयाँ स्थानमा तरकारी बजार सञ्चालनमा आइसके पनि वीपी उद्यानका तरकारी व्यवसायीहरू नयाँ स्थानमा सर्न मानेका छैनन् ।

महानगरले छपकैयास्थित रेल्वे रोड छेउमा करिब ७० लाख रुपैयाँको लागतमा ३० वटा सटरसहित सुविधा सम्पन्न थोक तरकारी तथा फलफूल बजार निर्माण गरी गत आइतबारदेखि सञ्चालनमा ल्याएको छ । बीपी उद्यानबाट हटाइएका व्यवसायीहरूलाई यही नयाँ बजारमा स्थानान्तरण गर्ने योजनासहित थोक तरकारी तथा फलफुल बजार सञ्चालनमा ल्याइएको महानगरपालिकाको भनाइ छ । बजारलाई स्थानान्तरण गर्न व्यापारीहरूबीच पहिला नै सहमति भए पनि बजार स्थानान्तरण नगरेपछि महानगरपालिकाले डोजर चलाएर जनप्रतिनिधिको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्