नेभिगेशन
अर्थतन्त्र

शेयरबजार १८.३७ अंकले बढ्याे

काठमाडौं । शेयरबजार मंगलबार बढेर बन्द भएको छ । कारोबार मापन नेप्से परिसूचक १८.३७ अंक बढेर २,६१९.९९ विन्दुमा कायम भएको छ । तीन अर्ब २९ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख चार हजार ४५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये १८७ वटाको शेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । बजार बढेपनि यसदिन ६१ कम्पनीका शेयरधनीले गुमाएका छन भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक ३.१५ अंक बढेर ४५०.६७ विन्दुमा पुगेको छ । यस्तै, साधारण शेयरतर्फको कारोबार मापन गर्ने फ्लोट सूचक १.३२ अंक बढेर १७९.२२ विन्दुमा र सेन्सिटिभ फ्लोट सूचक १.०२ अंक बढेर १५२.७७ विन्दुमा कायम भएको छ ।

सूचीकृत १३ मध्ये व्यापार समूह घटेको छ भने बाँकी सबै बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.५६ प्रतिशत बढेको छ । त्यसपछि होटल तथा पर्यटन समूह १.४९ प्रतिशत, अन्य १.१५, निर्जीवन बीमा ०.८८, लघुवित्त ०.८६, जलविद्युत् ०.७७, जीवन बीमा ०.६९, लगानी ०.६८, उत्पादन तथा प्रशोधन ०.४६, फाइनान्स ०.४१, बैंकिङ ०.३५ र म्युचुअल फण्ड ०.१३ प्रतिशत बढेको छ ।

स्वस्तिक लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक र एसवाई प्यानल नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै स्वेट–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य ४.१६ प्रतिशत बढेको छ । न्यादी ग्रुप पावरको शेयरकारोबार सबैभन्दा धेरै १९ अर्ब ८२ करोडको शेयर किनबेच भएको छ । लुम्बिनी विकास बैंकको शेयर कारोबार पनि १० अर्ब ३० करोडको भएको छ । लगानीकर्ताको सम्पत्ति मंगलबार मात्रै ३१ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४३ खर्ब ९९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ११ अर्ब रुपैयाँ बढेर १४ खर्ब ८८ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्