नेभिगेशन
खेलकुद

लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को विजेता लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली दाङको घोराही आइपुगेको छ । बाँकेबाट सुरु भएको ट्रफी उत्सव र्‍याली बर्दिया, दाङको तुलसीपुर हुँदै आज घोराही आइपुगेको हो । र्‍यालीलाई घोराहीमा दाङ क्रिकेट संघका अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदीप मजगैया, लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोकालगायतले स्वागत गरे । घोराही बजार परिक्रममा गर्दै र्‍याली घोराही उपमहानगरपालिका–१७ गुलरियास्थित क्रिकेट मैदानमा पुगेर समापन गरिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद