नेभिगेशन
खेलकुद

आईसीसी महिला टी–२० छनोटमा १० राष्ट्र

नेपालमा हुने आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको खेल तालिका नेपाल क्रिकेट संघले सार्वजनिक गरेको छ । प्रतियोगितामा १० राष्ट्रको सहभागिता हुनेछ ।

खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ । नेपाली महिला क्रिकेट टोली पहिलोपटक विश्वकप एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो । नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बावे छन् । आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म सञ्चालन हुने प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, नामिबिया, अमेरिका तथा पपुवा न्यूगिनी छन् । प्रतियोगिताका खेलहरू मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ ।

नेपालले आफ्नो पहिलो खेल आगामी जनवरी १८ मा थाइल्याण्डसँग खेल्दै प्रतियोतिगाको उद्घाटन गर्नेछ । उक्त खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन् । त्यस सुपर सिक्सबाट शीर्ष चार स्थान हासिल गर्ने टोली महिला टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद