नेभिगेशन
खेलकुद

राष्ट्रिय महिला भलिबल

पुस २३ देखि शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौँ संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । यही पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न पाँच टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष रञ्जन खड्काले प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब सहभागी हुने जानकारी दिए ।

नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता टोलीलाई रु पाँच लाख प्रदान गरिनेछ । त्यसैगरी उपविजेता टोलीले रु दुई लाख ५० हजार प्राप्त गर्नेछ भने तेस्रो हुनेले रु एक लाख २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्