नेभिगेशन
प्रदेश

सदा परिवारलाई दुःखमाथि दुःख

सप्तरी ।  विष्णुपुर गाउँपालिका वडा नम्बर ६ रञ्जितपुरका दिनेश सदा र उनकी श्रीमती रितादेवी तीन सन्तानसहित माटोको भित्ता भएको टिनले छाएको दुई कोठे घरमा बस्दै आएका छन् । १६ वर्षीया छोरी निशासहित दुई छोरी र एक छोराको लालनपालन गर्दै आएका उनीहरूको आयको मुख्य आधार दैनिक मजदुरी हो ।

दुःख गररे कमाएको पैसाले साँझ बिहानको छाक टार्दै आएको यो परिवार अहिले गहिरो पीडामा परेको छ । अचानक बिरामी भएकी छोरीको उपचार भइरहेको अवस्थामा आमाको देहान्त भएपछि आर्थिक समस्या परेको हो । अहिले यो परिवारलाई आमाको किरियाखर्च र छोरिको उपचार खर्च जुटाउन मुस्किल परेको छ । १० दिनअघि हजुरआमाको कपडा धुन गएकी १६ वर्षीया निशा सदा अचानक बेहोस भइन् । त्यसपछि उनको एक हात र खुट्टा नचल्ने भएपछि उपचारका लागि भारत लगिएको थियो । उपचारपछि स्वास्थ्य अवस्थामा केही सुधार देखिए पनि अझै लामो उपचार आवश्यक छ, जसका लागि ठूलो रकम लाग्ने बताइएको छ ।

छोरीको उपचार सुरु गर्न रितादेवीले नाकको गहना बन्धकी राखेर १५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । तर यहीबेला उनकी सासुआमाको निधन भएपछि परिवार झनै विचल्लीमा परेको छ । एकातिर बिरामी छोरीको उपचार खर्च, अर्कातिर आमाको किरियाखर्च कसरी जुटाउने भन्ने चिन्ताले उनीहरुलाई सताइरहेकाे छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्