नेभिगेशन
अर्थतन्त्र

मेची भन्सारद्वारा १० अर्ब राजस्व असुली

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार संकलनको लक्ष्य निर्धारण भएको थियो ।
माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार संकलन भएको छ । संकलित राजस्व माघका लागि निर्धारित  लक्ष्यको १०२.३४ प्रतिशत हो । चालु आवमा मेची भन्सारबाट १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्