नेभिगेशन
अर्थतन्त्र

इन्फिनिक्स नेपालको १३ प्रतिशत व्यापार वृद्धि

काठमाडौं । इन्फिनिक्स नेपालले सन् २०२५ मा हासिल गरेको उपलब्धि सार्वजनिक गरेको छ । गत वर्ष ब्रान्डले सेल–आउटमा १३ प्रतिशतको उल्लेखनीय वृद्धि गर्दै देशभरका बजारमा माग र खुद्रा कारोबार दुवैलाई मजबुत बनाएको हो ।
यसै क्रममा कम्पनीले उत्पादन आपूर्ति ३५ प्रतिशतले बढाउँदै केन्द्रीय, पश्चिमी र पूर्वी क्षेत्रसम्म आफ्नो पहुँच विस्तार गरेको छ । यसले बजारमा फोनको उपलब्धता बढाउनुका साथै बढ्दो मागलाई छिटो र प्रभावकारी रूपमा पूरा गर्न सहयोग गरेको छ ।
‘इन्फिनिक्स नेपालको सन् २०२५ को नतिजाले हाम्रो स्पष्ट लक्ष्य र अनुशासित कार्यशैली देखाउँछ,’ कम्पनीका कन्ट्री म्यानेजर पियुष गिरीले भने, ‘हामीले बजारमा फोन उपलब्ध गराउनुमात्रै होइन, हरेक स्टोरमा बिक्रीको गुणस्तर र बजारको मागअनुसार छिटो प्रतिक्रिया दिनेलाई पनि प्राथमिकता दिएका छौँ । यही गतिले सन् २०२६ का लागि बलियो आधार तयार गरेको छ ।’
सन् २०२६ सुरु भएसँगै इन्फिनिक्स नेपालले बिक्रीको गतिलाई अझ तीव्र बनाउने, बजार कभरेजलाई अझ व्यवस्थित गर्ने र नेपालका बढ्दो स्मार्टफोन प्रयोगकर्तालाई गुणस्तरीय र किफायती प्रविधि निरन्तर उपलब्ध गराउने लक्ष्य लिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्