नेभिगेशन
अर्थतन्त्र

एनआईसी एसियाका ग्राहकलाई अपोलो हस्पिटलमा विशेष छुट

काठमाडौं । एनआईसी एसिया बैंक र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन (अपोलो हस्पिटल)बीच समझदारी भएको छ । बैंकका ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने उद्देश्यले कम्पनीले अस्पतालसँग सम्झौता गरेको जनाएको छ ।
समझदारी पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकका ग्राहकले इनप्यासेन्ट रूम चार्ज, प्रिभेन्टिभ हेल्थ चेक प्याकेज र एटेन्डिज हेल्थ चेकअप सेवाहरूमा १० प्रतिशत छुट सुविधा पाउनेछन् । त्यस्तै आउट प्यासेन्ट इन्भेस्टिगेसनमा ५ प्रतिशत छुट सुविधा उपलब्ध हुनेछ ।
काठमाडौंस्थित अपोलो इन्फर्मेसन सेन्टरमार्फत समय लिएका बैंकका ग्राहकलाई नयाँ दिल्लीको एयरपोर्टबाट होटल तथा हस्पिटलसम्मका लागि यातायातमा थप सुविधा उपलब्ध हुने कम्पनीका ब्रान्डिङ एन्ड मिडिया विभाग प्रमुख धीरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्