नेभिगेशन
अर्थतन्त्र

तीन दिनमा ५६ अंक घटेपछि नेप्सेमा २ अंकको वृद्धि

काठमाडौं । तीन दिनदेखि उच्च अंकले घटिरहेको नेप्से सोमबार सामान्य बढेको छ । तीन दिनमा ५६.५ अंकले घटेर २६१४.५५ अंकमा झरेको नेप्से सोमबार २.४१ अंकले बढेको हो । सोमबारको झिनो वृद्धिपछि नेप्से २६१६.९७ अंकमा पुगेको छ । आइतबार २७.५९ अंकले घटेको थियो ।
परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार २०४ रुपैयाँबराबरको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता शेयर किनबेच भएको बजारमा सोमबार ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर किनबेच भएको हो ।
नेप्सेमा सूचीकृत समूहमध्ये ६ समूह बढेका छन् भने ७ समूह घटेका छन् । सबैभन्दा धेरै विकास बैंक ०.९० प्रतिशतले बढेको छ । अन्य ०.०८, जीवन बीमा ०.०७, लगानी ०.३७, वित्त ०.५६ र बंैकिङ ०.२८ प्रतिशतले बढेको छ ।
त्यस्तै व्यापार समूह ०.०३, निर्जीवन बीमा ०.२२, म्युचुअल फन्ड ०.४१, लघुवित्त ०.०७, उत्पादन तथा प्रशोधन ०.०६, जलविद्युत् ०.०३ र होटल तथा पर्यटन ०.३५ प्रतिशतले बढेको छ । कुल ११३ कम्पनीको शेयर बढ्दा १४० वटाको घटेको छ भने ९ वटाको शेयरमूल्य स्थिर रहेको छ ।
सालपा विकास बंैक ९.९९, रिलायन्स स्पिनिङ मिल्स ९.२८, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ६.१० र नेपाल एसबीआई बंैक ६.०० प्रतिशतले बढेको छ । त्यस्तै, मोलुङ हाइड्रोपावर ४.४२, कालिका लघुवित्त वित्तीय संस्था ३.९८ र माइखोला हाइड्रोपावर ३.५१ प्रतिशतले घटेका छन् ।
कारोबार रकममका आधारमा सोमबार आँखुखोला जलविद्युत् शीर्ष स्थानमा छ । सो कम्पनीको ३६ करोड २ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावरको ३२ करोड १९ लाख, एसवाई प्यानल नेपालको २८ करोड ७८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्