नेभिगेशन
अर्थतन्त्र

‘भिभो वाई३१डी’ बजारमा

काठमाडौं । भीभोले स्मार्टफोनमा नयाँ मोडल ‘भीभो वाई३१डी’ सार्वजनिक गरेको छ । भीभोले अहिलेसम्मको सबैभन्दा ठूलो ७२०० एमएएच ब्याट्री भएको स्मार्टफोन  बजारमा ल्याएको हो । 
वाई३१डी लामो समयसम्मब्याट्री टिक्ने एन्ड्युरेन्स, भरपर्दो टिकाउपन र सहज प्रदर्शनलाई प्राथमिकता दिने शक्तिशाली स्मार्टफोनको रूपमा डिजाइन गरिएको जनाइएको छ । यो स्मार्टफोनको विशेषता ७२०० एमएएचको विशाल ‘ब्लुभोल्ट ब्याट्री’ हो, जसलाई ४४ वाटको फ्ल्यास चार्जरले चार्ज गर्न सकिन्छ । यसमा २५ आयामी सुरक्षा संरक्षण र ६–वर्षे ब्याट्री स्वास्थ्यको सुविधा छ । कम्पनीका अनुसार, ब्याट्री १६०० पटक चार्ज गरिसकेपछि पनि कम्तीमा ८० प्रतिशत क्षमता कायम राख्छ, जसले दीर्घकालीन उपयोगमा भरपर्दोपनको नयाँ मापदण्ड स्थापित गरेको छ । 
यो डिभाइसमा आई पी ६८ र आई पी ६९ धुलो, पानी प्रतिरोध , एसजीएस ५–स्टार ड्रप रेसिस्टेन्स प्रमाणीकरण, मिलिट्री–ग्रेड ड्रप प्रोटेक्सन र टाइटन ग्लास छ । ‘वन–ट्याप वाटर एण्ड डस्ट इजेक्सन’ सुविधा छ, जसले पानी र धुलो निकाल्ने र ‘वेट–ह्यान्ड टच’ भिजेको हातले पनि चलाउन सकिने सुविधाहरू छन् । फोनमा स्न्यापड्रागन ६एस जेन २ फोरजी प्रोसेसर प्रयोग गरिएको छ, जसले कम पावर खपतमा पनि कुशल र स्थिर प्रदर्शन गर्दछ । ओरिजिन ओएस सिक्समा सञ्चालित यस फोनमा ‘ओरिजिन आइल्याण्ड’ र एआई–संचालित ‘एआई सुपरलिंक’ तथा ‘एआई क्याप्सन’ जस्ता सुविधाहरू छ, जसले उत्पादकत्व, सिर्जनात्मकता र कनेक्टिभिटीलाई बढाएको छ । भिभो वाई३१डी ‘फेदर गोल्ड’ र ‘स्टारलाइट ग्रे’ गरी दुई रंग विकल्पमा दराज र नेपालभरका खुद्रा पसलहरूमा उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्