नेभिगेशन
अर्थतन्त्र

साम्बालाई डोभको १५ लाख सहयोग

काठमाडौं  । डोभ नेपालले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)को उपचारका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ । घुँडाको चोटको उपचार गर्न आफूलाई सहयोग चाहिएको जनाउँदै साम्बाले सार्वजनिक आह्वान गरेकी थिइन । उनले आह्वान गरेपछि विभिन्न व्यक्ति र संस्थाले सहयोग दिइरहेका छन् । 
यसै क्रममा युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभ नेपालले  सहयोग  गरेको हो । साम्बाको समर्पण र संघर्षशीलताले देशभरिका र अन्तर्राष्ट्रिय दर्शकलाई प्रेरित गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्