नेभिगेशन
अर्थतन्त्र

ग्लोबल मनी विकमा एभरेष्ट बैंकको सचेतना

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी विक २०२६ का अवसरमा सप्ताहव्यापीरूपमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका शाखामार्फत विभिन्न विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी ३ हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गर्न सफल भएको छ ।
कार्यक्रममा केही विद्यार्थीलाई बैंकको शाखा नै अवलोकन गराई बैंकले प्रदान गर्ने सेवाबारे व्यावहारिक जानकारीसमेत गराइएको छ । स्मार्ट मनी टक्स भन्ने नाराका साथ सञ्चालन गरिएका कार्यक्रममा युवालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण र सुरक्षित डिजिटल कारोबारका साथै बैंकहरूले दिने सेवा र त्यसमा अपनाउनुपर्ने सावधानीजस्ता महŒवपूर्ण विषयमा जानकारी प्रदान गरिएको छ ।
एभरेष्ट बैंकका हाल करिब १४ लाख ग्राहक छन् भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ एटीएम सञ्चालनमा छन् । विश्वव्यापी नेटवर्कमार्फत अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले राजस्व संकलनका लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ । बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्