नेभिगेशन
अर्थतन्त्र

‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार वितरण

काठमाडौं । इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार वितरण गरेको छ । चालक साझेदारहरूको उत्साहजनक सहभागिताका बीच अभियानका विजेतालाई सोमबार पुरस्कार प्रदान गरिएको हो ।
डिसेम्बर १५ देखि जनवरी ४ सम्म सञ्चालन भएको तीन साताको अभियानको मुख्य उद्देश्य उत्कृष्ट प्रदर्शन तथा सेवा गुणस्तरका आधारमा निरन्तर ‘प्लेटिनम’ स्तर कायम राख्ने चालक साझेदारहरूको पहिचान गरी सम्मान गर्नु थियो ।
क्याब चालक श्रेणी तुमबहादुर थापामगर र बाइक तथा मोटो राइडर श्रेणीमा अशेष मगर अभियानका प्रमुख विजेता हुन् । दुवै विजेताहरू तीनै हप्ताभर निरन्तर प्लेटिनम स्तर कायम राख्दै सबै मापदण्ड पूरा गर्ने चालक साझेदारहरूबाट छनोट भएका थिए ।
ग्रान्ड पुरस्कारका अतिरिक्त १५ जना विजेतालाई रेडमी नोट १४ ५जी स्मार्टफोन, ३० जना विजेतालाई अल्टिमा एटोम १९२ ब्लुटुथ इयरबड्स, ३० जना विजेतालाई अल्टिमा सर्कल स्मार्ट वाच र १५ सय विजेतालाई पेट्रोल भौचर प्रदान गरिएको छ ।
पुरस्कार प्राप्तिपछि प्रतिक्रिया दिँदै तुमबहादुर थापा मगरले मेहनत र समर्पणको कदर गरेकोमा इनड्राइभलाई धन्यवाद दिए । त्यसैगरी, राइडर साझेदार अशेष मगरले ग्रान्ड पुरस्कार जित्न पाउँदा निकै खुसी लागेको बताए । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्