नेभिगेशन
उपत्यका

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका निवर्तमान प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले जेनजी आन्दोलनको समयमा काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेका रिजाललाई कारबाही गर्न सिफारिस गरेको भन्दै अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

रिजालमाथि जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ ।

जेनजी आन्दोलनपछि काठमाडौंको प्रमुख जिल्ला अधिकारी रहेका उनी भएका थिए। मन्त्रिपरिषद्को निर्णयपश्चात गृह मन्त्रालयको निर्देशनमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक शनिबार नै पक्राउ परिसकेका छन् । उनीहरुमाथि अदालतले ५ दिन अनुसन्धानका लागि म्याद दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्