नेभिगेशन
कानून/द्वन्द्व

बाल सुधारगृहमा हिंसात्मक झडप, पाँचको ज्यान गयो

नेपालगञ्ज, २५ भदौ – बाँकेको नौवस्ता बाल सुधारगृहमा भएको झडपमा पाँच जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।

कारागार प्रशासनका अनुसार सुधारगृहका कैदीहरूले गेट तोडेर बाहिर निस्कन खोज्दा स्थिति नियन्त्रणबाहिर पुगेको थियो । नौवस्ता कारागार प्रमुख जालन्धर भुसालले कैदी र बालविज्याईकर्तालाई एउटै स्थानमा राखिएको कारण तनाव चर्किएको जानकारी दिए । 

हाल कारागारमा ५८५ जना मध्ये १४९ कैदी र बाल सुधारगृहका ७६ जनाले भाग्ने प्रयास गरेको बताइएको छ ।

घाइतेहरूलाई तत्कालै भेरी अस्पताल पुर्‍याइएको थियो। तीमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको हो भने बाँकीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्