नेभिगेशन
उपत्यका

आन्तरिक पर्यटन प्रर्वद्धनमा सम्पादक समाजको पदयात्रा

काठमाडौँ । सम्पादक समाज नेपालले स्थानीय सम्पदा, आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय संचारकर्मीहरुको झमता विकासमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । शनिवार स्थानीय सम्पदा तथा आन्तरिक पर्यटनको प्रर्वद्धन गर्ने उद्धेश्यले गोदावरी नगरपालिकाको सहकार्यमा सम्पादक समाज नेपालले गोदावरीको चापागाउँ, लेले, देउराली देवीचौर सम्मको स्थलगत अवलोकन तथा देउराली देवीचौर सम्म पदयात्रा कार्यक्रमको आयोजना गरेको छ । 
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र मर्हजन र उपमेयर मु्ना अधिकारीले गोदावरी नगरपालिकाका स्थानीय सम्पदा र नगरपालिकाले संचालन गदै आएका विभिन्न कार्यक्रमहरुको जानकारी गराएका थिए । संचारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पदयात्रा कार्यक्रम पछि देवीचौरमा आयोजित कार्यक्रममा उपमेयर  मुना अधिकारीले स्थानीय क्षेत्रमा रहेका प्राकृतिक सम्पदा तथा पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार र आन्तरिक पर्यटन प्रर्वद्धनमा संचारकर्मीहरुको भूमिका र सहयोग आवश्यक भएको बताइन् । त्यसैगरी पे्रस काउन्सिल नेपालका कार्यकारी प्रमुख झविन्द्र भुषालले सम्पादक समाजले पत्रकारिता क्षेत्रको विकासमा गर्ने विभिन्न कार्यक्रममा सहकागी भएर संचारकर्मीहरुको व्यवसायिक विकासमा सहयोग गर्ने बताए । कार्यक्रममा सम्पादक समाजका महासचिव श्याम डोटेलले सम्पादक समाज नेपालले संचारकर्मीको विकास र क्षमता विकासको लागि विभिन्न कार्यक्रमहरु संचालन गदै आएको बताए । विभिन्न संचार माध्यममा आवद्ध संचारकमीको क्षमता विकास तथा व्यवसायिक सिप अभिबृद्धिको लागि पनि पत्रकारिता प्रशिक्षण लगायतको कार्यक्रमहरु संचालन गदै आएको सम्पादक समाज नेपालका संरक्षक किरण बैधले बताए । सम्पादक समाजले यसै क्रममा विभिन्न स्थानीय तह तथा विभिन्न संघ संस्थाहरुले काम गदै आएको संरक्षक बैधले बताए ।
समाजका अध्यक्ष पुरु रिसालले सम्पादक समाजले विभिन्न अवस्थाका संचारकर्मीहरुको विकासमा काम गर्दै आएको हुदाँ सबै पक्षको सहयोग र सहकार्यमा काम गर्ने बताए । नेपाल पत्रकार महासंघ ललितपुरका सभापति रामहरि कार्कीले लतिलपुर क्षेत्रमा कृयाशील संचारकर्मी तथा संचार क्षेत्रले निर्वाह गदै आएको भूमिका र अवस्थाको चर्चा गरेका थिए । कार्यक्रममा बिभिन्न संचार माध्यमका सम्पादक, प्रकाशक, संचारकर्मी तथ संचार क्षेत्रका सय जना भन्दा बढी पत्रकार तथा संचारकर्मीहरुको कार्यक्रममा सहभागी भएका थिए । ०००
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्