नेभिगेशन
नेपाल

कर्फ्यु र निषेधाज्ञा हटेपछि जनजीवन सामान्य

काठमाडौँ, २८ भदौ - नयाँ सरकार गठनसँगै देशभरको जनजीवन पुनः सामान्यतर्फ फर्किएको छ ।

आन्दोलनपश्चात् विभिन्न क्षेत्रमा जारी कर्फ्यु र निषेधाज्ञा हटाइएपछि सर्वसाधारण नागरिक आ–आफ्नो पेशा र व्यवसायमा फर्किएका छन् । लामो समयको तनावपछि युवादेखि आमनागरिकसम्ममा उल्लास छाएको छ । शान्ति र सुरक्षाको अवस्था पनि स्थिर रहेको सरकारी निकायले जनाएको छ ।

भ्रष्टाचारविरुद्धको अभियान र सुशासन प्रवर्द्धनको मागलाई सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार बनेको हो ।

नयाँ सरकारले आमनागरिकको अपेक्षाअनुसार शान्ति, सुव्यवस्था र कानूनी राज्यको अनुभूति दिलाउने प्रतिवद्धता व्यक्त गरेको छ । साथै तोकिएको समयभित्र निर्वाचन सम्पन्न गर्ने स्पष्ट प्रतिवद्धता समेत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्