नेभिगेशन
नेपाल

८ दलको आक्रोश : संसद् विघटनलाई असंवैधानिक भन्दै पुनःस्थापनाको माग

काठमाडौं, २८ भदौ - देशको राजनीतिक वृत फेरि तनावपूर्ण बन्दै गएको छ । प्रतिनिधिसभा विघटनको निर्णय सार्वजनिक भएको केही घण्टामै प्रमुख ८ राजनीतिक दलले यसलाई असंवैधानिक करार गर्दै प्रतिवाद गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति कडा असहमति जनाएका हुन् ।

उनीहरूले संसद् विघटनलाई नेपाली जनताको सार्वभौम अधिकारमाथि आक्रमण भनेका छन् । विज्ञप्तिमा भनिएको छ, “प्रतिनिधिसभा विघटनको निर्णयले संवैधानिक सर्वोच्चतालाई धक्का मात्र दिएको छैन, मताधिकारको अपमानसमेत भएको छ ।”

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार प्रतिनिधिसभा विघटन गरेका थिए । तर, प्रमुख दलहरूको एकै स्वरमा आएको आपत्तिले यो कदमलाई थप विवादित बनाएको छ ।

८ दलले तत्काल संसद् पुनःस्थापना गरी जनतामुखी समाधान खोज्न सरकार र राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, “संसद् विघटन फिर्ता लिएर तत्काल संसद् बैठक बोलाइ जनता र आन्दोलनरत पक्षहरूको माग संसदीय प्रक्रियाबाट सम्बोधन गर्नुपर्छ ।”

विश्लेषकहरूले ८ दलको साझा रुखो भाषामा आएको आपत्तिलाई राजनीतिक संकट अझ चुलिने संकेतका रूपमा व्याख्या गरेका छन् । 8-dal-PR-1757772796.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्