नेभिगेशन
उपत्यका

रावतको उपचारका क्रममा निधन

काठमाडौं । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलनबाट मृत्यु भएको छ । वीर अस्पतालमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको हो । 
अस्पतालको  डा. केडी जोशी जलन उपचार केन्द्रका प्रमुख डा. अपार लामिछानेका अनुसार ७० प्रतिशत शरीर जलेको अवस्थामा उपचारार्थ ल्याइएका रावतको अवस्था गम्भ्रि थियो । उपचारका क्रममा मृत्यु भएको हो ।    ‘हामीले उहाँलाई बचाउन हरसम्भव प्रयास ग¥यौं तर अत्यधिक जलनका कारण बचाउन सकिएन । उहाँको अनुहारसहित श्वास नलीमा पनि आगोले धेरै असर गरेको थियो,’ डा लामिछानेले भने ।  
प्रहरीका अनुसार रावतले शनिबार बिहान घरको भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए । घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पु¥याइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्