नेभिगेशन
उपत्यका

पूर्वअर्थमन्त्री पौडेललाई थप ३ दिन हिरासत

काठमाडौं । पूर्व अर्थमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा थप ३ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । अदालतले सोमबार आरोपी पौडेलमाथि अनुसन्धानका लागि पाँचौं पटक म्याद थप गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘अनुसन्धान सकिएको छैन, अझै थुनामा राख्न पाउँ’ भन्दै म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराएको थियो । 
न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले म्याद थप आदेश दिएका हुन् । असार ८ गते सुर्खेतबाट पक्राउ गरेर ल्याइएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन र असार २४ मा ५ दिनको न्यायिक हिरासत म्याद थपिएको थियो । उनीमाथि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको र उक्त सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान भइरहेको विभागले भन्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्