नेभिगेशन
प्रदेश

नक्खुबाट भागेका चार विदेशी धनुषामा पक्राउ

जनकपुरधाम, २९ भदौ - जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका चार जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको विभिन्न नाका हुँदै नेपालबाट बाहिरिने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनुषा प्रहरीका प्रहरी उपरीक्षक नरहरि रेग्मीले काठमाण्डौँको केन्द्रीय कारागारबाट कैदीहरू भाग्ने क्रममा यी ४ जना विदेशी पनि फरार भएकाले सीमानाकाबाट नियन्त्रणमा लिइएको बताए ।

प्रहरी उपरीक्षक रेग्मीले भने, ‘भारततिर पस्ने क्रममा सीमामा खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टिमले उनीहरूलाई नियन्त्रणमा लिएको हो । लागूऔषध ओसारपसारको कसूरमा सजाय काटिरहेका तिनलाई अब केन्द्रीय कारागार नै पठाउँछौँ ।’

चारै जनालाई धनुषाको खजुरी र महिनाथपुर नाकाबाट भारत पस्ने क्रममा नियन्त्रणमा लिइएको उनले बताए । कारागारबाट फरार भएर पक्राउ परेका विदेशीहरूमा नाइजेरियाका ३ जना र १ जना ब्राजिलका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्