नेभिगेशन
कोशी
बाँदरको उपद्रो, किसान चिन्तित

बाँदरको उपद्रो, किसान चिन्तित

बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् ।
अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

अटिजम बिरामीलाई सेन्टरभित्रै कुटपिट

सुनसरीको इटहरीमा अटिजम बिरामी भएका बालकमाथि केयर सेन्टरकै कर्मचारीबाट कुटपिट भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ स्थित प्रेरणा केयर सेन्टर प्रालिमा भर्ना भएका इटहरी ५ का १७ वर्षीय सक्षम कोइरालामाथि सेन्टरका कर्मचारीले निर्घात कुटपिट गरेका हुन् । घटना साउन २३ गते शुक्रबार भएको बालकका आफन्तले बताएका छन् ।