नेभिगेशन
अर्थतन्त्र

मातृभूमि लघुवित्तद्वारा बाढी पीडितलाई राहत प्रदान

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सृजित प्राकृतिक प्रकोपले रसुवा लगायत आसपासका जिल्लाहरूमा मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेपछि मातृभूमि लघुवित्तले आर्थिक सहयोग गरेको छ । 
प्राकृतिक प्रकोपका कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थालगायत विभिन्न संघ–संस्थामा कार्यरत कर्मचारी र परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति सो वित्तीय संस्थाले गहिरो सहानुभूति प्रकट गरेको छ । 
राहत तथा उद्धार कार्यका लागि नेपाल सरकार तथा विभिन्न संघ–संस्थाहरूले गरेको सार्थक पहल प्रति ऐक्यवद्धता जनाउँदै मातृभूमिले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्