नेभिगेशन
अर्थतन्त्र

ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोड सहयोग

काठमाडौं । ज्योति विकास बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । 
बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरूमा पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम अन्तर्गत चरणबद्ध रुपमा थप ५० लाख रुपैयाँसम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
ज्योति विकास बैंक विपद्का समयमा प्रभावित नागरिक तथा समुदायको साथमा उभिनु आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा रहेको विश्वास गर्दै आगामी दिनमा समेत राहत, पुनस्र्थापना तथा समुदायको दीर्घकालीन हितका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्