नेभिगेशन
अर्थतन्त्र

एभरेष्ट बैंक र बैंकका कर्मचारीहरुको तर्फबाट सहयोग प्रदान

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत दुई करोड एकाउन्न लाख रुपैयाँ र कर्मचारीहरुको तर्फबाट साठी लाख चौवन्न हजार छ सय पाँच रुपैँया सहयोग गरेको हो । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल तिन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो ।   
नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रुपमा हस्तान्तरण गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्