नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकको एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश कार्यक्रम आयोजना गरेको छ । 
सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत लगायत वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको छ । कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ । कोशी प्रदेशको १० जिल्लामा सिटिजन्स बैंकको २८ शाखा कार्यालयहरू संञ्चालनमा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्