नेभिगेशन
अर्थतन्त्र

घ्यू तेल उत्पादक संघले दियो १ करोड १ लाख

काठमाडौं । गत वुधवार विहान चीनको सिजाङ (तिब्बत) तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय रुपमा ठुलो मानवीय तथा भौतिक क्षतिमा मल्हम लगाउन नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आर्थिक सहयोग उपलव्ध गराएको छ ।
संघ तथा सदस्य उद्योगहरुवाट नागरीक, समाज एंव राष्ट्र प्रति जिम्मेवार तथा उत्तरदायी रहँदै यस्ता संम्वेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरुप एक करोड एक लाख रुपैयाँ सहयोगस्वरुप प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्