नेभिगेशन
अर्थतन्त्र

प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
कम्पनीले भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
प्राकृतिक विपद्ले प्रभावित परिवार, स्थानीय समुदाय तथा समग्र राष्ट्रलाई गम्भीर पीडा र चुनौतीको सामना गर्न बाध्य बनाएको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्नु जिम्मेवार संस्था तथा नागरिकको साझा दायित्व भएको जनाएको छ।
कम्पनीका अध्यक्ष राजेन्द्र मल्लले बीमा व्यवसायको मूल उद्देश्य जोखिम तथा विपत्तिको समयमा बीमितको संरक्षण गर्दै कठिन परिस्थितिमा भरोसायोग्य साथ प्रदान गर्नु रहेको बताए । उनले बाढीबाट प्रभावित बीमितहरूको दाबीसम्बन्धी प्रक्रियालाई आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी सकेसम्म छिटो, सरल, पारदर्शी र प्रभावकारी ढंगले टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्