नेभिगेशन
अर्थतन्त्र

धरानमा एथरको १३औँ एक्सपिरियन्स सेन्टर

धरान । नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला एथर नेपालले आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गरेको छ । एथर इनर्जीको नेपालका लागि आधिकारिक वितरक वैद्यज इनर्जी प्रालिले धरान–१, छाता चोकमा १३औँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो ।
बुधबार आयोजित कार्यक्रममा धरानका कार्यवाहक मेयर ऐन्द्रविक्रम बेघा र सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा नयाँ एक्सपिरियन्स सेन्टरको औपचारिक उदघाटन गरिएको कम्पनीले जनाएको छ।
धरानमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै एथरको उपस्थिति काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायत देशका प्रमुख सहरमा थप विस्तार भएको छ । कम्पनीले पूर्वी नेपालमा विद्युतीय स्कुटरको बजार विस्तारसँगै ग्राहकलाई उत्पादन, प्रविधि र सेवाको प्रत्यक्ष अनुभव दिने उद्देश्यले धरानमा सेन्टर स्थापना गरेको जनाएको छ ।
धरानस्थित एक्सपिरियन्स सेन्टरमा ग्राहकले एथरको ४५० सिरिज तथा रिज्ता अवलोकन र टेस्ट राइड गर्न सक्नेछन् । कम्पनीले धरानमा नयाँ ४५० एक्स ओभरटोन सिरिज समेत प्रस्तुत गरेको छ ।
नयाँ पुस्ताको ४५० सिरिजमा प्रदर्शनसँगै प्रविधि र राइडिङ अनुभवलाई प्राथमिकता दिइएको कम्पनीको दाबी छ । यसमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टरयाक्सन जस्ता सुविधा छन् ।
म्याजिक ट्विस्टमार्फत थ्रोटलको प्रयोगबाट स्कुटरको गति सहज रूपमा घटाउन सकिन्छ । इन्फिनिट क्रुजले लामो दूरीमा निरन्तर राइड गर्न सहज बनाउने तथा भ्वाइस इन्टरयाक्सनले आवाजमार्फत स्कुटरसँग अन्तक्र्रिया गर्न सकिने कम्पनीले जनाएको छ ।
त्यस्तै, रिज्तालाई आराम, उपयोगिता र पारिवारिक दैनिक आवागमनलाई केन्द्रमा राखेर विकास गरिएको कम्पनीको भनाइ छ ।
धरानमा एथरप्रति ग्राहकको प्रारम्भिक चासो उत्साहजनक देखिएको कम्पनीले जनाएको छ। एक्सपिरियन्स सेन्टरको औपचारिक उद्घाटन हुनुअघि नै २५ भन्दा बढी बुकिङ भइसकेको वैद्याज इनर्जीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्