नेभिगेशन
अर्थतन्त्र

प्राकृतिक प्रकोपको दुःखद घडीमा मञ्जुश्री फाईनान्सको साथ

काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले भोटेकोशीमा आएको भीषण प्राकृतिक विपद घटनामा प्रभावित क्षेत्रमा राहत सहयोग स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा ३० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । 
विनाशकारी बाढीको कारणले प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले मञ्जुश्री फाईनान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सो सहयोग प्रदान गरेको हो  । देशको भोटेकोशी तथा त्रिशुली नदिमा आएको भीषण बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित भएको यस कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन तथा विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै फाईनान्सले प्रदान गरेको सहयोगले राहत तथा उद्धार कार्यमा केही हदसम्म योगदान पुग्ने विश्वास मञ्जुश्री फाईनान्सले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्