नेभिगेशन
अर्थतन्त्र

दया फाउन्डेसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग

काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले दया फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम फाउन्डेसनका बोर्ड सदस्यहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । 

फाउन्डेसनले विपद्को कठिन घडीमा राहत तथा उद्धार प्रयासमा योगदान गर्ने अवसर प्राप्त भएकोमा कृतज्ञता व्यक्त गरेको छ । साथै, संकटको समयमा प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न नेपाल सरकारले गरेको शीघ्र पहल र प्रभावकारी स्रोत परिचालनप्रति प्रशंसा व्यक्त गरेको छ । 
दया फाउन्डेसनका दिवंगत संस्थापक तथा संरक्षक दयाराम भक्त माथेमाका मूल्य–मान्यता र जीवनदृष्टिबाट प्रेरित रहेको फाउन्डेसनले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्