नेभिगेशन
अर्थतन्त्र

भोटेकोशी बाढी विपद्मा होटल संघ नेपालको सहयोग

काठमाडौं । विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले होटल संघ नेपालले आफ्ना सम्पूर्ण सदस्य होटलहरूलाई आवश्यकताअनुसार आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउन गरेको आग्रह गरेको छ  । होटल संघ नेपालका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्नेहरुममध्ये होटल किङ्सबेरी १ करोड ११ लाख, चन्द्रागिरी हिल्स ५२ लाख ५१ हजार, होटल मेची क्राउन २६ लाख, एभरेष्ट होटल २० लाख, रामडा इन्क्योर ठमेल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । 
यसैंगरी अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेष्ट रिसोर्ट एण्ड स्पा ५ लाख ११ हजार १ सय ११, ड्रिम ग्रुप बुटवल ५ लाख ३ हजार, होटल सारथी १ लाख ६५ हजार, होटल एम्बासडर १ लाख, क्लब हिमालय १ लाख, होटल संघ नेपाल सिन्धुली १ लाख ४ हजार २ सय ८५ रुपैयाँ जम्मा गरिएको होटल संघले जनाएको छ ।  धुलिखेल माउन्टेन रिसोर्ट, होटल नान्स, होटल मेलुङ्त्येलगायतबाट जम्मा भइसकेको जानकारी प्राप्त भइसकेको पनि जनाइएको छ । चन्द्रागिरी हिल्स, क्राउन इम्पेरियल र माउन्ट ग्लोरी रिसोर्ट एण्ड स्पालगायत अन्य होटलहरुमा कार्यरत कर्मचारीहरुको तर्फबाट पनि राहत कोषमा रकम जम्मा गरिएको जानकारी आएको संघले जनाएको छ  ।  साथै, होटल संघ नेपालले संचालन गरेको राहत कोषमा समेत एयरपोर्ट होटल, ग्राण्ड होटल, होटल स्वागतम, होटल रेनफरेष्ट लगायतबाट प्राप्त भएका रकमहरु संकलन गरी राहत कोषमार्फत सहयोग गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्