नेभिगेशन
अर्थतन्त्र

डा. मणिलाल र बतास फाउन्डेसनबीच बाढी प्रभावित बालबालिकाको दीर्घकालीन भविष्य सुरक्षित गर्न मानवीय सहकार्य

काठमाडौं । नेपालको रसुवागढी नाका हुँदै विभिन्न क्षेत्रहरूमा हालै आएको विनाशकारी बाढी र प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूले भोग्नुपरेको गहिरो पीडा र चुनौतीहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै डा. मणिलाल भौमिक इन्टरनेसनल फाउन्डेसन (भारत) र बतास फाउन्डेसन (नेपाल) ले प्रभावित बालबालिका तथा परिवारहरूको दीर्घकालीन पुनस्र्थापना र भविष्य निर्माणका लागि एक मानवीय सहकार्यको घोषणा गरेको छ ।  मानवीय पहलअन्तर्गत प्रकोपका कारण अभिभावक गुमाएका १०० भन्दा बढी बालबालिकालाई उच्च शिक्षाका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ ।  सहायताले बालबालिकाको शैक्षिक यात्रालाई निरन्तरता दिन आवश्यक आधार तयार पार्नेछ, जसले गर्दा उनीहरूले विपद्ले सिर्जना गरेको परिस्थितिका कारण आफ्नो शिक्षा र भविष्यमा सम्झौता गर्नु पर्ने छैन । 
शिक्षामा लगातारको सहयोगले बालबालिकालाई ज्ञान र सीप प्रदान गर्दछ तथा आत्मबल, आत्मनिर्भरता र भविष्यमा आफ्ना समुदायमा योगदान पु¥याउने क्षमतालाई बढावा दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्