नेभिगेशन
अर्थतन्त्र

डेभकोले ७८ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिने

काठमाडौं । आफूसँग जग्गा भएका तर ठूलो बजेट नभएका तथा आफैं खटिएर घर बनाउन गाह्रो मान्ने परिवारलाई लक्ष्य गरेर डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले कम बजेटमै आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ  । 
कम्पनीले ग्राहकसँग भएको साढे तीन आना जग्गामा साढे दुई तले आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहित ७७ लाख ७७ हजार रुपैयाँमै बनाइदिने योजना अघि सारेको हो ।  निर्माण लागत बढिरहेको बेला गुणस्तरीय सामान प्रयोग गरेर घर बनाउने योजनामा रहेका परिवारलाई आर्थिक रूपमा सहज बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ  । 
कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा १ बीएचके, पहिलो तलामा २ बीएचके र दोस्रो तलामा २ शयनकक्ष रहनेछन ।  
वास्तु विशेषज्ञको परामर्शअनुसार घरको विभिन्न संरचना तथा कोठाहरूको उपयुक्त स्थान निर्धारण गर्ने पनि जनाइएको छ । जग्गाको अवस्था, दिशागत अवस्था, परिवारको आवश्यकता तथा घरको प्रयोगलाई ध्यानमा राख्दै बेडरुम, किचन, शौचालय, बैठक कोठा, पूजाकोठा, सिँढी तथा अन्य आवश्यक स्थानहरू कहाँ र कसरी राख्ने भन्ने विषयमा वास्तु विशेषज्ञको परामर्श लिइने कम्पनीले जनाएको छ  । 
 डेभकोको योजनामा घरको डिजाइन, निर्माण तथा फिनिसिङका सम्पूर्ण काम समेटिएका छन् ।  ग्राहकले घर निर्माणका लागि विभिन्न सेवा प्रदायक खोज्दै हिँड्नुपर्ने झन्झट कम गर्दै एउटै कम्पनीमार्फत आवश्यक निर्माण सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ  । 
योजनाअन्तर्गत दशैंअघि घर निर्माणको एग्रिमेन्ट गर्ने ग्राहकलाई ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ  ।  आधुनिक भान्सासहित पूर्ण फिनिसिङ भएको घर निर्माण गर्ने उद्देश्यले ग्राहकलक्षित विशेष दशैं अफर ल्याइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्