नेभिगेशन
अर्थतन्त्र

‘लस्ट इन मण्डला’ मा एनआईबीएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ  ।  इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकहरूका लागि नेपालमै निर्माण भइरहेको, यो मौलिक चलचित्रमा लगानीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  यो लगानीले नेपालमा चलचित्रको निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई सहयोग पु¥याउने एनआइबिएल इक्विटी पार्टनर्सले जनाएको छ । 
इन्सेसन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सह–निर्माण गर्न स्थापित लस्ट इन मण्डला एलएलसीसँग मिलेर यस परियोजनामा काम गरिरहेको छ ।  प्रस्तावित कारोबार सम्झौताअन्तर्गत, एनआईबीएल इक्विटी पार्टनर्सले इन्सेसन्ट रेन स्टुडियोजसँग १० करोड रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ । 
एनआईएमबी एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सिवान्त बहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको एनिमेसन उद्योगलाई प्रोत्साहन गर्ने र विश्व मानचित्रमा उभ्याउने उद्देश्य राखेको छ ।  उनले आफ्नै देशका विश्वव्यापी सम्भावना बोकेका मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई समर्थन गर्नु अपरिहार्य रहेको, र यो साझेदारीले त्यसैलाई जोड दिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्