नेभिगेशन
अर्थतन्त्र

फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तन प्रदर्शन सम्पन्न

काठमाडौं । प्रविधिमा आधारित वित्तीय सेवाको प्रवद्र्धन र फिन्टेकमा आधारित उदीयमान नवप्रवर्तनलाई प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजित नेपाल राष्ट्र बैंक फिनटेक इन्नोभेसन सोकेस इभेन्ट सम्पन्न भएको छ । 
नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले उक्त कार्यक्रम आयोजना गरेको हो । बालुवाटारस्थित बैंक परिसरमा आयोजित कार्यक्रममा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रविधिमा बैंक प्रयासरत रहेको जानकारी दिए ।  फिन्टेकको विस्तारसँगै यसबाट सिर्जित चुनौतीको व्यवस्थापनमा राष्ट्र बैंकको दोहोरो जिम्मेवारी रहेको धारणा गभर्नर पौडेलले राखेका थिए । 
उनले भने, ‘एकातर्पm वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी तथा ग्राहक संरक्षण सुनिश्चित गर्नुपर्नेछ भने अर्कोतर्पm वित्तीय प्रविधि र नवप्रवर्तनको विकाससँगै जोडिएका नयाँ जोखिम तथा चुनौतीको व्यवस्थापन पनि गर्नुपर्नेछ ।’ फिन्टेक नवप्रवर्तनको प्रवद्र्धन र विकासका निम्ति नेपाल सरकार, नियामक आधारित वित्तीय सेवाको प्रवद्र्धनलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्दै आएको बताए । नवप्रवर्तनमा आधारित नियामकीय र सुपरिवेक्षकीय प्रणालीको विकासका लागि राष्ट्र निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र वित्तीय क्षेत्रमा क्रियाशील संस्थाहरूबीच समन्वय र सहकार्य हुनुपर्ने आवश्यकतामा उनले जोड दिए ।  
सो अवसरमा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेकको प्रवद्र्धनका लागि राष्ट्र बैंकबाट भएका नीतिगत र संरचनागत प्रयासबारे चर्चा गरे । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै डिजिटल प्रविधिमा आधारित वित्तीय सेवाका सन्दर्भमा राष्ट्र बैंकले अवलम्बन गरेका व्यवस्थाबारे जानकारी दिए । 
कार्यक्रमको उद्घाटन सत्रमा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकाय, भुक्तानी प्रणाली सञ्चालक, फिन्टेक कम्पनीलगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो । एनआरबी फिनटेक इन्नोभेसन सोकेस इभेन्टअन्तर्गत वित्तीय संस्था र फिन्टेक कम्पनीका २७ वटा स्टलहरू प्रदर्शनीमा राखिएको थियो । डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा प्रणाली, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी र जोखिम व्यवस्थापन, प्रविधिमा आधारित नियमन (रेग्टेक) सेवामा ती संस्था÷कम्पनीबाट भएका नवप्रवर्तनलाई उक्त प्रदर्शनीमा समेटिएको थियो । 
राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनी लगायतका संस्थाका एक हजारभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्