नेभिगेशन
अर्थतन्त्र

वास्तु सफ्टवेयर सार्वजनिक

काठमाडौं । संस्कार एकेडेमीले नेपालको पहिलो वास्तु सफ्टवेयर सार्वजनिक गरेको छ । एकेडेमीले ‘संस्कार वास्तु’ सफ्टवेयर सार्वजनिक गरिएको हो । वास्तुशास्त्रको अध्ययन, विश्लेषण तथा व्यावसायिक परामर्शलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले सफ्टवेयर विकास गरिएको एकेडेमीले जनाएको छ ।
‘संस्कार वास्तु’ सफ्टवेयरमा वास्तुशास्त्रका १६ दिशात्मक क्षेत्र, ३२ प्रवेशद्वार, ४५ वास्तु देवता ऊर्जा क्षेत्र तथा मर्मस्थानको विश्लेषण गर्न सकिने सुविधा रहेको छ । यसका साथै दिशागत अवस्था र देवता ऊर्जाको मूल्यांकन गरी व्यावसायिक वास्तु प्रतिवेदन तयार गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्