नेभिगेशन
अर्थतन्त्र

भारतीय सहयोगप्रति नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा स्वागत

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सम्पन्न उच्चस्तरीय वार्ताका क्रममा भारत सरकारद्वारा घोषणा गरिएको सहयोगको स्वागत गरेको छ ।
भारतले नेपाललाई विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, सूचना तथा सञ्चार प्रविधि र पूर्वाधारका क्षेत्रमा सहयोग गर्ने घोषणा गरेको छ । साथै, विभिन्न क्षेत्रका सहयोगसहित भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा दिगो विकासका लागि २ खर्ब ४० अर्बको सहयोग प्याकेज उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्