नेभिगेशन
अर्थतन्त्र

जेनजी आन्दोलनमा भएको क्षतिको पाँच अर्ब बढी बीमा भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये हालसम्म बिमितलाई पाँच अर्ब १८ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले विज्ञप्ति जारी गर्दै निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार ३०३ वटा बीमा दाबीको करिब २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये हालसम्ममा उक्त रकम भुक्तानी भइसकेको जनाएको हो ।

सम्पत्ति बीमातर्फ करिब तीन अर्ब ८२ करोड रुपैयाँ र मोटर बीमातर्फ करिब एक अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ । इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ करिब सात करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ करिब एक करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ करिब पाँच करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको छ ।

भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई करिब तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनर्बीमा दाबी भुक्तानी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्