नेभिगेशन
अर्थतन्त्र

नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया

काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औं वार्षिक साधारणसभाले उनीसँगै नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको हो । 

परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बानिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन् । 

परिषद्ले नेपालमा उत्पादित हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, ऊनका हाते उत्पादन लगायतका सामाग्री विदेशमा निर्यात गर्दै आएको छ । ती सामाग्री आर्थिक वर्ष २०८१/८२ मा २ खर्ब ७७ अर्ब ३ करोड र चालु आवको चार महिनामा ९३ अर्ब ५० करोड रुपैयाँको विभिन्न मुलुक निर्यात भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्