नेभिगेशन
अर्थतन्त्र

सिम्रिक एयरले थप्यो हेलिकप्टर

काठमाडौं । सिम्रिक एयरले अर्को हेलिकप्टर थप गरेको छ । कम्पनीले चुनौतीपूर्ण उच्च हिमाली तथा दुर्गम भू–भागमा उडान क्षमता थप सुदृढ पार्ने उद्देश्यसहित एयरबस एच१२५ हेलिकप्टर थप गरेको हो ।                    

विश्वभर हाइ अल्टिच्युड उडानका लागि परिचित एयरबस एच१२५ हेलिकप्टर हिमाली उद्धार, आकस्मिक स्वास्थ्य सेवा, तीर्थयात्रा उडान तथा दुर्गम चार्टर सेवाका लागि भरपर्दो मानिन्छ । शक्तिशाली इञ्जिन, उत्कृष्ट लिफ्टिङ क्षमता र विश्वसनीय सञ्चालन क्षमताका कारण यो हेलिकप्टर हिमालय क्षेत्रका लागि अत्यन्त उपयुक्त रहेको सिम्रिक एयरले जनाएको छ ।                            

हेलिकप्टर थपिएसँगै सिम्रिक एयरले सरकारी निकाय, पर्यटन तथा ट्रेकिङ व्यवसायी, कूटनीतिक नियोग तथा दूतावास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थ, कर्पोरेट क्षेत्र र अस्पतालसहितका आपत्कालीन सेवाप्रदायकलाई अझ सुरक्षित, छिटो र प्रभावकारी सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिएको छ ।                  

एयरबस एच१२५ विशेषरूपमा अप्ठ्यारो भू–आकृतिमा सञ्चालनका लागि डिजाइन गरिएको हेलिकप्टर हो । यससँगै सिम्रिक एयरसँग अब तीनवटा एयरबस एच१२५ र एउटा बेल ५०५ जेट रेन्जर एक्स गरी चारवटा हेलिकप्टर भएका छन् । सिम्रिक एयर हेलिकप्टर नेपालका अग्रणी हेलिकप्टर सेवाप्रदायकमध्ये एक हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्