नेभिगेशन
अर्थतन्त्र

२७०० अंकबाट ओर्लियो नेप्से

काठमाडौं । नेप्से परिसूचक फेरि २७०० अंकबाट ओलिएको छ । साता पहिलो दिन नै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार १९.८५ अंकले घटेर २६९४.२० को अंकमा झरेको हो ।          

आइतबार ३२९ कम्पनीको दुई करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर एक लाख १० हजार ७२८ पटक खरिदबिक्री हुँदा ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार व्यापार समूह ०.५५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।              

बैंकिङ ०.४२, विकास बैंक ०.७५, वित्त ०.४४, होटल तथा पर्यटन १.७५, जलविद्युत् १.३६ र लगानी समूह ०.९६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.७६, लघुवित्त ०.५७, म्युचुअल फन्ड ०.५०, निर्जीवन बीमा ०.६३ र अन्य समूह ०.९२ प्रतिशतले घटेको छ ।              

मिथिला लघुवित्तको शेयर मूल्य आइतबार सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा बढी आँखुखोला जलविद्युत् कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्