नेभिगेशन
अर्थतन्त्र

अवार्ड फर कर्पोरट एक्सेलेन्सबाट सिद्धार्थ बैंक सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक ‘अवार्ड फर कर्पोरेट एक्सलेन्स–२०२५ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले वार्षिकरूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई वाणिज्य बैंकतर्फ उक्त अवार्डबाट सम्मान गरिएको हो । शुक्रबार आयोजित अवार्ड समारोहमा सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका छन् । मानव संसाधन व्यवस्थापन, संस्थागत सुशासन तथा उत्कृष्ट कार्य सम्पादनमा पुर्‍याएको योगदानको कदरस्वरूप यो सम्मान बैंकलाई प्रदान गरिएको जनाइएको छ ।      

ग्राहकप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न यस उपाधिले प्रेरित गरेको सीईओ बस्यालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्