नेभिगेशन
अर्थतन्त्र

रेमिट्यान्स आप्रवाह साढे १० खर्ब

विदेशमा रहेका नेपालीले ६ महिनामै साढे १० खर्बभन्दा बढी पैसा पठाएका छन् । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्ममा १० खर्ब ६२ अर्ब ९३ करोड रेमिट्यान्स भित्रिएको हो ।  

रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको छ । २०८२ पुसमा मात्रै १ खर्ब ९२ अर्ब ६२ करोड रेमिट्यान्स भित्रिएको छ । २०८१ पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ । गत वर्ष २.७ प्रतिशतले बढेको थियो ।              

पुससम्ममा खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा खुद ट्रान्सफर ८ खर्ब ३३ अर्ब ८६ करोड थियो । पुससम्ममा वैदेशिक रोजगारीका लागि २ लाख ६ हजार ८०७ युवाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९४ हजार ७३३ छ ।            

बिदेसिनेको संख्या गत वर्षको पहिलो ६ महिनामा भन्दा घटेको छ । गत वर्ष अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्