नेभिगेशन
अर्थतन्त्र

नेप्से परिसूचक बढ्याे

काठमाडाैं, माघ १९    

शेयरबजार परिसूचक नेप्से साताको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आइतबार १९.८५ अंकले घटेको परिसूचक सोमबार १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा कायम भएको छ ।              

नेप्से बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब १० करोड ९४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार भने ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँबराबरको १ करोड ७५ लाख ७ हजार ७७६ कित्ता शेयर खरिदबिक्री भएको छ ।              

नेप्सेमा सूचीकृत समूहमध्ये पाँच समूह बढेका छन् भने आठ समूह घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.७७ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार ०.०२, निर्जीवन बीमा ०.१९, उत्पादन तथा प्रशोधन १.४५ र विकास बैंक ०.७२ प्रतिशतले बढेको छ ।              

सोमबार घट्ने समूहमा सबैभन्दा धेरै वित्त ०.८९ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य ०.२५, म्युचुअल फन्ड ०.१०, लघुवित्त ०.१६, जीवन बीमा ०.३५, लगानी ०.१९, जलविद्युत् ०.१३ र बैंकिङ समूह ०.०९ प्रतिशतले घटेको छ । कुल ११४ कम्पनीको शेयर बढ्दा १३४ वटाको घटेको छ भने १३ वटाको शेयर मूल्य स्थिर छ ।                

तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र हिम स्टार ऊर्जाको शेयर १० प्रतिशतले बढेको हो । सान्भी इनर्जी ९.९४ र बन्दिपुर केबलकार ९.९३ प्रतिशतले बढेको छ ।                

मिथिला लघुवित्त वित्तिय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स ५.५३, शिवश्री हाइड्रोपावर ५, राप्ती हाइड्रो एन्ड जेनेरल कन्स्ट्रक्सन ४.०५ र एनआईबीएल ग्रोथ फण्ड ३.६३ प्रतिशतले घटेको छ ।                

कारोबार रकमको आधारमा सोमबार आँखुखोला जलविद्युत् शीर्ष स्थानमा छ । सो कम्पनीको ४१ करोड ३९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, एसवाई प्यानल नेपालको कारोबार रकम ३८ करोड ५० लाख र बन्दीपुर केबलकारको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्