नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व

 काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका विविध कार्यक्रम आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा र परोपकारजस्ता विभिन्न क्षेत्रलाई समेटेर सीएसआर सञ्चालन गरेको हो ।                

बैंकले लायन्स क्लब अफ काठमाडौं गुराँससँगको सहकार्यमा ललितपुरको खोकनामा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरबाट स्तन क्यान्सर, सर्भिकल क्यान्सर र कोलोन क्यान्सरको पहिचानका साथै मधुमेह र थाइराइड रोगको परीक्षण, साधारण स्वास्थ्य परीक्षण तथा दन्त परीक्षण सेवा प्रदान गरिएको बैंकले जनाएको छ । त्यस्तै, ट्राफिक प्रहरी वृत्त, महाराजगंजसँगको सहकार्यमा बैंकले ट्राफिक संकेतसहितका रोड फर्निचरहरू हस्तान्तरण गरेको छ । दलित सशक्तीकरण केन्द्र नेपालसँगको सहकार्यमा हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका बासिन्दालाई सिलाइ मेसिन वितरण गरिएको पनि बैंकले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, भानुपथस्थित भानु माविको खेलमैदान निर्माणका लागि बैंकको भैरहवा शाखामार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्